नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले पत्रकार कल्याणकारी कोष’ स्थापना गर्ने

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले पत्रकार कल्याणकारी कोष’ स्थापना गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १ जेठ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले ‘पत्रकार कल्याणकारी कोष’ स्थापना गर्ने भएको छ । प्रदेश समितिको आजको भर्चुअल बैठकले रु एक करोडको कोष स्थापना गर्ने निर्णय गरेको हो ।

शुरुमा समिति पदाधिकारी, सल्लाहकार, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यबाट न्यूनतम रु १५ हजारका दरले जम्मा गरी कोष स्थापना गर्ने निर्णय भएको महासचिव गोविन्द सुवेदीले जानकारी दिनुभयो ।

कोषको सञ्चालन अध्यक्ष नारायण शर्मा नेतृत्वकै कार्यसमितिले गर्नेछ । कोषमार्फत प्राप्त ब्याज श्रमजीवी पत्रकारको हितमा खर्च हुनेछ । त्यसैगरी महासचिव सुवेदीका नेतृत्वमा सचिव यदुनाथ बञ्जारा र कैलाशबाबु श्रेष्ठ तथा कोषाध्यक्ष राजेन्द्र न्यौपाने सदस्य रहेको ‘पत्रकार कल्याणकारी कोष सञ्चालन कार्यविधि मस्यौदा समिति’ गठन गरिएको छ ।

पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलले श्रमजीवी पत्रकार लाभान्वित हुने हुँदा कोष स्थापनामा सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । प्रदेश समिति सल्लाहकार दीपेन्द्र श्रेष्ठले पत्रकारको हितका लागि कोष स्थापना हुन सराहनीय भएको बताउनुभयो । महासंघ प्रदेश समितिले कोरोना उपचारका क्रममा निधन हुनुभएका पत्रकार गणेश पौडेलप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ । रासस