त्रिलोक स्कुलका प्राचार्य खनालको कोरोना सङ्क्रमणबाट निधन

त्रिलोक स्कुलका प्राचार्य खनालको कोरोना सङ्क्रमणबाट निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ । त्रिलोक चिल्डे«न एकेडेमी बालाजुका संस्थापक प्राचार्य नवराज खनालको निधन भएको छ । गोरखाको बुङ्कोट निवासी खनालको कोरोना सङ्क्रमणका कारण आज बिहान सत्य साईँ अस्पतालमा निधन भएको हो ।

यही वैशाख २१ गते कोरोनाको रिपोर्ट पोजेटिभ देखिएपछि अस्पताल भर्ना हुनुभएका खनालको आज बिहान १ः४५ बजे निधन भएको स्कुलका संस्थापक शिक्षक डा दशरथ न्यौपानेले राससलाई जानकारी दिनुभयो ।

विसं २०२८ मा गोरखाको बुङ्कोटमा जन्मनुभएका खनाल मनमोहन मेमोरियल कलेज सोह्रखुट्टेका संस्थापक शिक्षकसमेत हुनुहुन्थ्यो । उहाँ नेपाली विषयका शिक्षक हुनुहुन्थ्यो । स्व खनालका बुबाआमा, श्रीमती र दुई छोरा हुनुहुन्छ । रासस