हेलि एभरेष्टका तीन निर्देशकको सगरमाथा आरोहण

हेलि एभरेष्टका तीन निर्देशकको सगरमाथा आरोहण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । हेलि एभरेष्टका तीन निर्देशकले सगरमाथाको सफल आरोहण गरेका छन् । कम्पनीका बजार निर्देशक टासीलाक्पा शेर्पा उडान सञ्चालन निर्देशक पाइलट कृष्णप्रसाद गौचन र प्रबद्र्धन निर्देशक फुर्वा छिरिङ शेर्पाले सगरमाथाको शिखरमा पाइला टेकेका हुन् । उनीहरूले गत वैशाख ११ गते बिहान ७ बजे सगरमाथाको चुचुरोमा पुगेको हेलि एभरेष्टका प्रबन्ध निर्देशक फुरगेल्जे शेर्पा(फुर्वा)ले आज विज्ञप्तीमार्फत जानकारी दिनुभएको छ ।

वसन्त यामको जारी सगरमाथा आरोहणमा एक साथ कम्पनीका तीन निर्देशकले सगरमाथाको सफल आरोहण गरेकामा हेलिकप्टर परिवार धेरै खुशी भएको र उनीहरूको उज्वल भविष्यको कामनासमेत गर्नुभएको छ । आरोहणमा सहभागी मध्येका टासी लाक्पाले विश्वभर रहेका ८ हजारभन्दा माथिका सबै हिमाल तीन जना दाजुभाइले एक साथ आरोहण गरी गिनिज बुकमा नाम लेखाइसकेका छन् । रासस