डोटीमा स्थानीय तह र सशस्त्र प्रहरीलाई स्वास्थ्य सामग्री

डोटीमा स्थानीय तह र सशस्त्र प्रहरीलाई स्वास्थ्य सामग्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी, १ जेठ । कोरोना सङ्क्रमणबाट जोगिन यहाँका दुई स्थानीय तह र सशस्त्र प्रहरीको गुल्मलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । मानवीय सेवामा अनेकौं प्रयास (साइन नेपाल) संस्थाले शिखर नगरपालिकार आदर्श गाउँपालिका गरी दुइ स्थानीय तह र प्रदेश प्रहरी अस्पताल र प्रदेश सशस्त्र प्रहरी गुल्म दिपायललाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

केयर एण्ड रिलिफ परियोजनाअन्तर्गत जिल्ला कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सहज होस् भन्ने उद्येश्यका उक्त स्वास्थ्य साथ सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार शिखर नगरपालिकालाई ८ हजार सर्जिकल मास्क र १० लिटर स्यानिटाइजर, आदर्श गाउँपालिकालाई ४ हजार सर्जिकल मास्क, १० लिटर सेनेटाइजर, १५ बोतल सानो सेनेटाइजर र ५० थान सर्जिकल ग्लोब्स उपलब्ध गराएको छ । त्यसैगरी प्रदेश प्रहरी अस्पताल दिपायललाई एक हजार मास्क, दुई कार्टुन स्यानिटाइजर, प्रदेश शसस्त्र प्रहरी गुल्म दिपायललाई दुई हजार मास्क, १० लिटर सेनेटाइजर, ३० बोतल सानो सेनेटाइजर, एक थान अक्स पल्स मिटर र एक थान थर्मल गन उपलब्ध गराएको हो ।

जिल्लामा स्वास्थ्य सामग्रीको अभाव रहेका बेला साइन नेपालले प्रदान गरेको स्वास्थ्य सामग्रीले ठूलो राहत पुगेको सशस्त्र प्रहरी गुल्म दिपायलका गुल्मपति प्रहरी निरीक्षक लोकबहादुर विष्टले बताउनुभयो । जिल्लामा हाल ४२१ सक्रिय सङ्क्रमित रहेका छन् भने कोरोनाका कारण पाँच जनाको ज्यान गइसकेको छ । रासस