सप्तरीमा सङ्क्रमितका घरघरमा स्वास्थ्य सामाग्री

सप्तरीमा सङ्क्रमितका घरघरमा स्वास्थ्य सामाग्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, १ जेठ ।सप्तकोशी नगरपालिकाले होमआइसोलेशनमा रहेका सङ्क्रमितलाई घरघरमा नै पुगेर स्वास्थ्य सामाग्री वितरण गर्न शुरुआत गरेको छ । होम आइसोलेसनमा रहेका वडा नम्बर १, २ र ८ का ११ सङ्क्रमितका घरमा पुगेर स्वास्थ्य सामाग्री वितरण गरिएको हो । सङ्क्रमितका घरमा पुगी स्वास्थ्य अवस्था बुझेर औषधि वितरण गरिएको वडा नम्बर २ का वडा सदस्य जाहिर हुसेनले जानकारी दिनुभयो । नगर प्रमुख उत्तम शर्माको नेतृत्वको टोलीमा वडा सदस्य हुसेन, प्रहरी चौकी फत्तेपुरका प्रहरी नायव निरीक्षक प्रराज चौलागाई, स्वास्थ्य चौकीका महेन्द्र झा र राजकुमार दास रहनु भएको थियो ।

सङ्क्रमितको मनोबल बढाउन र आपत्कालीन सहयोग उपलव्ध गराउन घरघर पुग्न शुरु गरेको नगरप्रमुख शर्माले बताउनु भयो । नगरपालिकाले २० श्ययाको आइसोलेशन कक्ष र होल्डिङ्ग सेन्टर पनि सञ्चालनमा ल्याएको छ । नगरभित्रका नागरिकलाई सुरक्षित राख्न, समस्यामा परेका नागरिकको सेवा गरी सङ्क्रमितलाई निको पार्न र कोभिड–१९ लाई नियन्त्रण तथा रोकथाम गर्न नगरपालिका सचेत रहेको उहाँले जानकारी दिनुभयो । सङ्क्रमितले घरआँगनमा जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीको टोली पाउँदा हौसला मिलेको बताउनुभयो ।

अक्सिजन प्लान्ट

राजविराजस्थित छिन्नमस्ता अस्पतालले अक्सिजन प्लान्ट राख्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले राहत तथा विपद् व्यवस्थापन कोषबाट पछि सोधभर्ना हुने गरी ३० लाख रुपैयाँ उपलब्ध गराउने भएपछि अस्पतालले प्लान्ट राख्ने भएको हो ।

बिरामीहरुको उपचारमा जिल्लामै अग्रणी भूमिका निर्वाह गर्दै आएको अस्पतालले सङ्क्रमितको उपचारका लागि २० एचडियूसहित ५० श्ययाको आइसोलेशन कक्ष समेत सञ्चालनमा ल्याएको छ । अक्सिजनको अभावका कारण सङ््रमितको उपचारका लागि थप श्यया विस्तार हुन नसेकेको जिल्लामा अक्सिजन प्लाण्ट स्थापना पछि थप श्यया विस्तार गर्न सहज हुने विश्वास गरिएको छ ।

हाल अक्सिजनको अभावलाई न्यूनीकरण गर्न ५० किलोमिटर दूरीमा रहेको सुनसरीको इटहरीबाट अक्सिजन ल्याएर बिरामीको उपचार भइरहेको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजितकुमार झाले बताउनुभयो ।

दैनिक ५० वटा सिलिण्डर भर्न इटहरी पठाउनु परेको जानकारी दिनु हुँदै निमित्त मेसु डा झाले विषम परिस्थितिमा यथाशिघ्र अक्सिजन प्लाण्ट आवश्यक रहेको बताउनु भयो । अक्सिजन प्लाण्ट स्थापना भए श्यया विस्तार गर्न सकिने र सङ्क्रमितको उपचारमा सहज हुन उहाँले जाकारी दिँदै अस्पताल र स्वास्थ्यकर्मीलाई हौसला र सहयोगका गर्न आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको अध्यक्षतामा बसेका बैठकमा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, विभिन्न स्थानीय तहका प्रमुख र अध्यक्ष, निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. झा, जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादव, सुरक्षा निकायका प्रमुखको सहभागिता थियो । रासस