मेयर कल्याणकारी कोषका लागि रु १० लाख सहयोग

मेयर कल्याणकारी कोषका लागि रु १० लाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २ जेठ । नेपाली काँग्रेसकी नेत्री डा आरजु देउवाले धनगढी उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषका लागि रु १० लाख आर्थिक सहयोग गर्नुभएको छ । अक्सिजन प्लान्ट स्थापना र सिलिण्डरका लागि स्थापित कोषमा नेत्री देउवाले उक्त रकम सहयोग गर्नुभएको हो ।

गत वैशाख ३० गते नगर प्रमुख तथा नगरस्तरीय कोभिड–१९ समितिका संयोजक नृपबहादुर वडका अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रण तथा रोकथाम र व्यवस्थापनका लागि कोष स्थापना गरेको थियो । रासस