काठमाडौंको बागबजारको एउटा कोठामा परिवारका सदस्यसहित कष्टकर जीवन बिताइरहेका अस्वस्थ डिल्लीबहादुर कार्कीलाई अन्तत: विभिन्न सहयोगी मनहरुले सहयोग गरेका छन् ।कार्कीको दयनीय अवस्थाका बारेमा सामाजिक सञ्जालमार्फत समाचार तथा भिडियोहरु सार्वजनिक भएपछि उनलाई विभिन्न व्यक्तित्वहरुले सहयोग गरिरहेका छन् ।
दोलखाको शैलुङ निवासी कार्कीको करिव एक वर्षअघि रुखबाट सेउला झार्ने क्रममा लडेर आधा शरिर नचल्ने भएको छ । एकातिर कोरोना महामारीको पीडाले कोठा भित्रै थुनिनु पर्ने बाध्यता तथा अर्कोतिर सम्पूर्ण सम्पत्ति आफ्नो उपचारमा खर्च गरेका र्काी तथा उनको परिवार अति नै विपन्न बन्न पुगेको छ ।यसैबीच, लोकप्रिय कलाकार तथा निर्देशक सीपी पुडासैनीसहितको एउटा समुहले आइतबार बिहान कार्कीकै कोठा बागबजार पुगेर नगद तथा खाध्यान्न हस्तान्तरण गरेको छ ।कलाकार पुडासैनीले फेसबुकमा केही तस्बिरसहित कार्कीलाई सहयोग गर्न पाउँदा खुशी लागेको उल्लेख गरेका छन् । हेर्नुहोस
प्रतिक्रिया