लोकतान्त्रिक योद्धा सम्मान श्रेष्ठ र चित्रकारलाई प्रदान गरिने

लोकतान्त्रिक योद्धा सम्मान श्रेष्ठ र चित्रकारलाई प्रदान गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ जेठ । प्रजातान्त्रिक विचार समाजले लोकतान्त्रिक योद्धा सम्मान समाजसेवीद्वय मैयादेवी श्रेष्ठ र कमल चित्रकारलाई प्रदान गर्ने भएको छ । समाजको तर्फबाट गठित छनोट समितिको वैशाख ३० गते बसेको जुम बैठकबाट विसं २०७७ को सम्मान श्रेष्ठ र विसं २०७८ को सम्मान चित्रकारलाई प्रदान गर्ने निर्णय गरेको हो ।

समाजका अध्यक्ष डा केदारनरसिंह केसीले नेपालको प्रजातान्त्रिक आन्दोलन र सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरूप दुई वर्षको सम्मान दुई जनालाई प्रदान गर्न लागेको जानकारी दिनुभयो । सम्मानको राशि जनही रु २५ हजार र कदरपत्र रहेको छ । सो सम्मानका लागि समाजले रु १० लाखको अक्षयकोष स्थापना गरेको थियो ।
समाजको स्थापना दिवसका दिन अर्थात् जेठ ३ गते प्रदान गर्ने गरेको उक्त सम्मान कार्यक्रम विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीका कारण प्रदान गर्न नसकिने भएकाले दुवै सम्मान मुलुकमा सहज वातावरण बनेपछि विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने अध्यक्ष केसीले बताउनुभयो ।

विसं २०७२ सालदेखि प्रदान गरिँदै आएको लोकतान्त्रिक योद्धा सम्मानबाट यसअघि कुलबहादुर गुरुङ, इन्द्रकान्त मिश्र, चक्रप्रसाद बाँस्तोला, पुरुषोत्तम बस्नेत र नूतन थपलिया सम्मानित भइसक्नुभएको छ । रासस