सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले केन्द्र सरकारसँग प्रदेश सरकारको कुनै विवाद नरहेको बताउनु भएको छ । कोरोना सङक्रमणको रोकथाम तथा नियन्त्रणका लागि आज कैलाली उद्योग वाणिज्य संघले धनगढीमा आयोजना गरेको सरोकारवालाहरुसँगको छलफलमा उहाँले केन्द्र सरकारसँग कुनै पनि विवाद नरहेको र समन्वयका लागि प्रदेश सरकार सदैव तयार रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले कोष स्थापना गरेर कोरोना रोकथामका लागि विभिन्न कामहरु गर्दै आइरहेको बताउनुभयो । मन्त्री शाहले भन्नुभयो, “प्रदेशको कोरोना रोकथाम तथा न्यूनिकरणका लागि प्रदेश सरकारले हालसम्म रु. ६९ करोड खर्च गरिसकेको छ ।
छलफलमा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले कोरोना रोकथामका लागि प्रदेश सरकारले थुप्रै कामहरु शुरु गर्न खोजेको भएतापनि खरिद प्रक्रिया ढिलो हुनु र मन्त्रालयका कर्मचारीहरुको ढिलासुस्तीका कारण अपेक्षित रुपमा प्रदेश सरकारको काम देखिन नसकेको बताउनुभयो । संघका अध्यक्ष पुष्पराज कुँवरले तीन तहका सरकारबीच समन्वय अभाव हुँदा जनता मारमा परिरहेको बताउनुभयो । रासस



प्रतिक्रिया