राष्ट्रिय महिला आयोगले विभिन्न आइसोलेशन सेन्टरको स्थलगत अनुगमन

राष्ट्रिय महिला आयोगले विभिन्न आइसोलेशन सेन्टरको स्थलगत अनुगमन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ जेठ । राष्ट्रिय महिला आयोगले विभिन्न आइसोलेशन सेन्टरको स्थलगत अनुगमन गर्नाका साथै त्यहाँबाट प्रदान गरिने कोरोना उपचार सेवाका बारेमा आज अनुगमन गरेको छ । आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीको नेतृत्वको टोलीले ललितपुर महानगरपालिकामा रहेका दुई आइसोलेशन सेन्टरको स्थलगत अनुगमन गरी जानकारी लिएको छ ।

अनुगमनका क्रममा ललितपुर महानगरपालिका–२६, सुनाकोठीमा अवस्थित नेपालयुथ फाउन्डेसनले ललितपुर महानगरपालिकासँगको सहकार्यमा कोभिड–१९ प्रभावितका लागि ५० श्यया क्षमताको आइसोलेशन संचालनमा ल्याएकोमा यसबाट हालसम्म ८० जना (४९ पुरुष, ३१ महिला) ले सेवा लिईसकेको पाइएको छ ।

टोलीले ललितपुर महानगरपालिका, वागडोलस्थित ज्यापु समाज ज्येष्ठ नागरिक आनन्द निकेतनको नवनिर्मित भवनमा ललितपुर महानगरपालिकासँगको सहकार्यमा गत १० दिन अघिदेखि सञ्चालनमा ल्याइएको ८० श्यया क्षमताको आइसोलेशन सेन्टर पनि अनुगमन गरेको थियो । अनुगमनका क्रममा उक्त आइसोलेशन सेन्टर अपाङ्गता र ज्येष्ठ नागरिकमैत्री पाइएको थियो । रासस