गैरसरकारी संस्था बोलन्याथलीले दियो जिल्ला अस्पताल अछामलाई १३ थान अक्सिजन सिलिण्डर

गैरसरकारी संस्था बोलन्याथलीले दियो जिल्ला अस्पताल अछामलाई १३ थान अक्सिजन सिलिण्डर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी, ४ जेठ । गैरसरकारी संस्था बोलन्याथलीले आज जिल्ला अस्पताल अछामलाई १३ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । कोरोना सङ्क्रमितलाई अक्सिजन नभएर समस्या भइरहेका समयमा उक्त संस्थाको अछाम युनिटको सहयोगमा अक्सिजन हस्तान्तरण गरिएको हो । उक्त संस्थाले सञ्चालन गरेको “प्राणका लागि पाँच सय” अभियानबाट सङ्कलित रकमबाट अक्सिजन सिलिण्डर रिफिल गरी हस्तान्तरण गरिएको बोलन्याथली अछामका संयोजक सुशील भण्डारीले जानकारी दिनुभयो ।

अस्पतालमा भरीएका अक्सिजन सिलिन्डर प्राप्त भएपछि यहाँका कोरोना सङ्क्रमितलाई उपचारमा निकै राहत पुग्ने जिल्ला अस्पताल अछामका मेडिकल सुपरिटेन्डेन्ट डा अतुल भारद्वाजले बताउनुभयो । उहाँले भन्नुभयो, “अक्सिजन नहुँदा कोरोना सङ्क्रमितको उपचारमा निकै सहज भएको थियो, बोलन्याथलीले १३ वटा उपलब्ध गराएपछि अब सहज हुँने छ ।” अक्किजन नहुँदा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको जानकारी पाएपछि प्रदेशका नौ वटै जिल्ला अस्पतालमा आफुले सक्ने जति अक्किजनको सहयोग गरेको बोलन्याथलीका सुदूरपश्चिम संयोजक तथा अभियानकर्मी यादव जोशीले जानकारी दिनुभयो । रासस