अधिवेशन आह्वान गर्न मिल्ने अवस्था छैन : प्रदेश प्रमुख यादव

अधिवेशन आह्वान गर्न मिल्ने अवस्था छैन : प्रदेश प्रमुख यादव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, ४ जेठ । लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले अहिलेका परिवेशमा प्रदेशसभाको विशेष अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नरहेको स्पष्ट पार्नुभएको छ । प्रदेशसभाका सभामुखलाई आज पत्र लेख्दै उहाँले अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नदेखिएको बताउनुभएको हो ।

“नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेशसभाको अधिवेशन बोलाउन मिति २०७८÷०१÷२६ गते प्रदेशसभाका माननीय सदस्यहरूले लिखित अनुरोध गर्नुभएको सन्दर्भमा नेपालको संविधानको धारा १८८ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम हाल अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नदेखिएको व्यहोरा जानकारी गराउँदछु”, पत्रमा भनिएको छ ।

गत वैशाख २६ गते प्रदेशका प्रतिपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दोस्रो पटक अविश्वासको प्रस्ताव पेश गर्दै प्रदेश प्रमुखलाई विशेष अधिवेशन बोलाउन माग गरेका थिए । रासस