युवा व्यवसायी सिंहको कोरोना प्रभावितलाइ निःशुल्क खाना अभियान

युवा व्यवसायी सिंहको कोरोना प्रभावितलाइ निःशुल्क खाना अभियान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, ६ जेठ । युवा व्यवसायी जीवनबहादुर सिंहले कोरोना प्रभावित तथा तिनका कुरुवालाई निःशुल्क खाना वितरण अभियान शुरु गर्नुभएको छ । सिंहले शुक्रबारदेखि जिल्ला अस्पताल सिमखेतमा रहेका कोरोना प्रभावित तथा कुरुवालाई िखाना वितरण गरिरहनुभएको छ ।

अस्पतालमा कोरोनाको परीक्षण शुरु भएदेखि नै उपचार गराउन आउने बिरामी तथा तिनका कुरुवाको बिजोग भएको थियो । निषेधाज्ञाका कारण खाना खाने होटल बन्द हुँदा उनीहरु प्रभावित भएका थिए । अहिले एक दिनमा ५० देखि ७० जनासम्मलाई खाना खुवाउने गरिएको छ ।
“हाम्रो अभियानमा देशविदेशबाट धेरै जना जोडिएर सहयोग गरिरहनुभएको छ । कसैले आर्थिक सहयोग, कसैले खाद्यान्न सहयोग, कसैले ग्यास सिलिण्डरको सहयोग गरिराख्नुभएको छ”, सिंहले भन्नुभयो । औषधि, खाना वा अन्य कुनै पनि प्रकारको सेवा लिनुपरेमा ९८४८६०७६४७, ९८६४५९५९९४, ९८६८४०६६२० र ९८४८७५५२८८ मा फोन सम्पर्क गर्न पनि सिंहले अनुरोध गर्नुभएको छ । रासस