कोरोनाका कारण पूर्व सांसद योगनारायण यादवको निधनले एमाले स्तब्ध

कोरोनाका कारण पूर्व सांसद योगनारायण यादवको निधनले एमाले स्तब्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ जेठ । नेकपा (एमाले) ले केन्द्रीय सदस्य तथा पूर्व सांसद योगनारायण यादवको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टीका महासचिव ईश्वर पोखरेलले आज विज्ञप्ति जारी गर्दै उहाँको निधनले पार्टी स्तब्ध भएको एक निष्ठावान इमान्दार जुझारु नेता गुमाएको बताउनुभएको हो ।

पार्टीले यादवको निधनमा शोक मनाउन आजदेखि तीन दिन पार्टी केन्द्रीय कार्यालयको झण्डा आधा झुकाउने र पार्टी केन्द्रीय कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ । कोभिड–१९ को सङ्क्रमणका कारण यादवको ५६ वर्षको उमेरमा आज बिहान निधन भएको थियो ।
पार्टीका धनुषा जिल्ला सहइन्चार्ज रुपमा रहनुभएका यादव नवौं महाधिवेशनमा वैकल्पिक पोलिटब्युरो सदस्यमा निर्वाचित हुनुभएको थियो ।

यादव पार्टीका भूमिगतकालदेखिका पुराना कार्यकर्ता, २०५० सालमा धनुषाको जिल्ला कमिटी सदस्य, जिल्ला कमिटीको सचिव, आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य निर्वाचित हुनुभएको एमालेले जनाएको छ । उहाँ २०५६ सालको निर्वाचनमा धनुषा जिल्लाको तत्कालीन निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । रासस