भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्ने

भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मध्यपुर थिमी, ६ जेठ । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालको कोभिड युनिटमा अक्सिजन प्लान्ट राखिने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले युनिटमा अक्सिजन दिनुपर्ने संक्रमित बिरामी बढिरहेकोले नगरपालिकाले आफ्नै अक्सिजन प्लान्ट सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

कोरोना नियन्त्रणका लागि नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाले आर्थिक र भौतीक सहयोग गर्ने भएको भन्दै उहाँले बिरामीलाई अक्सिजन अभाव हुन नदिन प्लान्ट सञ्चालन गर्न लागेको बताउनुभयो । सहकारी संस्थाले आफ्ना सदस्यका लागि सार्वजनिक भवन वा पार्टी प्यालेसमा आइसोलेसन केन्द्र सञ्चालन गर्न समेत उहाले आव्हान गर्नुभयो । गत वैशाख १७ गतेबाट ख्वप अस्पताल कोभिड युनिट सञ्चालन भएकामा हालसम्म ११६ जना सङ्क्रमितलाई उपचार सेवा दिइसकेको कोभिड युनिट व्यवस्थापन समितिका संयोजक रबिन्द्र ज्याख्वले बताउनुभयो ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजुले भक्तपुरमा ६४० वटा भन्दा बढी सहकारी संस्था रहेको र ३ लाख ४० हजार सदस्य रहेको बताउँदै आइसोलेसन केन्द्र र अक्सिजन प्लान्टका लागिसहयोग गर्ने बताउनु भयो । उहाँले जिल्ला बचत सङ्घको सामुदायिक विकास कोषको रु. १ लाख प्लान्टका लागि हस्तान्तरण गर्नुभयो । रासस