काठमाडौँ – दुई बर्ष पहिले निर्माण भएको नेपाली मौलिक चलचित्र ‘थात्थलो’ शुक्रबार युट्युबमा सार्बजनिक भएको छ | कोभिड-१९ को माहामरिमा परि ‘लकडाउनले निस्सासिएका नेपालीहरुलाई लक्षित गरि नेपाली चलचित्र ‘थात्थलो’ सार्बजानिक गरिएको हो |
अभिनेता तथा निर्माता किशोर कुमार लिम्बूले भने ‘लकडाउनले निस्सासिएका नेपाली जनमानसमा केहि मनोरञ्जन र सन्देश पनि दिन सकौ भन्ने उद्देश्यले सार्बजानिक गरेका हौ । ‘नेपालको काठमाडौ, पूर्वीय विभिन्न गाउँ-सहर, हङकङ लगायत बेलायतमा सफल प्रदर्शन भईसकेको थात्थलो अझै पनि हलहरूमा चलाउन बाँकी रहे पनि अहिलेको अवस्थालाई मध्यनजर गर्दै लकडाउनले सिथिल बनाएका नेपाली दर्शकहरूकोलागि युटयुवमा सार्वजनिक गर्ने निर्णय गरेका हौं । जुन चलचित्र चाहि चलिआएको मुलधारको नेपाली चलचित्रभन्दा केहि फरक शैलीमा बनेको छ |
खगेन्द्र पन्धाक लिम्बूको लेखन तथा निर्देशन रहेको यस चलचित्रले अत्याधुनिक विश्व जगत सहरी रुपमा परिणत भईरहँदा आदिवासीहरूले सुखद र सुरक्षित जीवनकोलागि आफ्नो थात्थलोलाई कसरी सुरक्षित राख्नु पर्छ भन्ने बारे सन्देश दिएको छ । यस चलचित्रबाट सबैभन्दा सुख र आफ्नो अनुकूल जीवन आफ्नै जन्मभूमि नै हुन्छ र यसका लागि स्थानीय भूमि र पर्यावरणको जगेर्ना महत्वपूर्ण हुन्छ भन्ने सन्देश पाउन सकिन्छ ।
यस चलचित्रमा सुमी लिम्बू, कन्चन थलङ, किशोर कुमार लिम्बू(पंधाक), सिता कुमारी तुम्बापो, नबिन चोङ्बाङ, सञ्जय निङ्लेकु, सज्जन श्रेष्ठ, आयुशा लिम्बुखिम, दुर्ग बहादुर पन्धाक, जयसन लिम्बू आदिको मूख्य भूमिका रहेको छ । रेन्बोरेज म्यूजिक प्रा.लि.को व्यानरमा निर्मित यस चलचित्रमा मूख्य सहायक निर्देशक बिबी लिम्बूले गरेका छन् भने सम्पादन बिबी लिम्बू, खगेन्द्र पन्धाक लिम्बू र पर्शुराम लिम्बूले गरेका छन् । निर्देशक पन्धाककै गीत रचना तथा सङ्गीत रहेको चलचित्र ‘थात्थलो’ रोमियो फिल्मस युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको छ |
प्रतिक्रिया