आज अपराह्न ४ बजे एमाले स्थायी कमिटी बैठक बस्दै

आज अपराह्न ४ बजे एमाले स्थायी कमिटी बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ जेठ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो ।

बैठकमा मध्यावधि निर्वाचन, विकसित राजनीतिक परिस्थिति र दलको आन्तरिक जीवन विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सिफारिशमा गए राति आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति तोकिसक्नुभएको छ । रासस