पूर्वकानूनमन्त्री भण्डारीद्वारा नाग्मा सिमानामा रहेको ‘हेल्थ डेक्स’को अनुगमन

पूर्वकानूनमन्त्री भण्डारीद्वारा नाग्मा सिमानामा रहेको ‘हेल्थ डेक्स’को अनुगमन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिञ्जा, ८ जेठ । कर्णाली प्रदेशका पूर्वकानूनमन्त्री नरेश भण्डारीले नाग्मा सिमानामा रहेको ‘हेल्थ डेक्स’को अनुगमन गर्नुभएको छ । कर्णाली प्रदेश हुँदै गृह जिल्ला पुग्नुभएका उहाँले आज बिहान अनुुगमन गर्नुभएको हो । तलतिरबाट आउने प्रवेशद्वारमा स्थापना गरेको हेल्थ डेक्सको जानकारी लिन अनुगमन गरिएको मन्त्री भण्डारीले जानकारी दिनुभयो ।

प्रवेशद्वारमा हेल्थ डेक्स स्थापना हुनु राम्रो कार्य भएको मन्त्री भण्डारीको भनाइ छ । वर्षाका बेला पहिरो जोखिम हुने भएकाले सुरक्षित भएर बस्न स्वास्थ्यकर्मीलाई उहाँले आग्ह गर्नुभयो । सिमानामा पनि कडाइ गर्न जरुरी देखिएको उहाँको भनाइ छ । सिमानाको उच्च निगरानीका लागि हेल्थ डेस्कले महत्वपूर्ण काम गर्ने बताइएको छ ।

सिमानमा प्रवेश गर्ने बित्तिकै कडा रुपमा निगरानी गर्नुपर्ने उहाँले बताउनुभयो । कोरोना सङ्क्रमणदर बढेको रहेको जनाउँदै जुम्ला कालीकोटको सिमाना नाग्मबजारमा हेल्थ डेस्क स्थापना गरिएको छ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जिल्ला बाहिरबाट यहाँ प्रवेश गर्नेको जाँचका लागि हेल्थ डेस्क स्थापना हो । रासस