गोर्खा जिल्लाका ११ वटै स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण

गोर्खा जिल्लाका ११ वटै स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा,८ जेठ । जिल्लाका स्थानीय तहलाई कोरोना सङ्क्रमणको रोकथाम र न्यूनीकरणमा सहयोग पु¥याउन आठ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । विदेशमा कर्मथलो बनाएका गोर्खालीले जिल्लाका ११ वटै स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

ग्लोबल गोरखा समाज र गोरखा समाज जापानले उपलब्ध गराएको स्वास्थ्य सामग्री गोरखा नगरपालिकामा आज आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । हस्तान्तरित सामग्रीमा मास्क सहित एन्टिजेन किट, अक्सिमिटर लगायतका सामग्री रहेका छन् ।

समाजका अध्यक्ष बिनय अधिकारीले भन्नुभयो, “ सङ्क्रमण बढी फैलिएको स्थानीय तहमा बढी र कम सङ्क्रमण भएका स्थानीय तहमा कम स्वास्थ्य सामग्री दिइएको छ ।” सामग्री उपलब्ध गराउन समाज जापानका अध्यक्ष सिएम भट्टराई लगायतको महत्वपूर्ण भूमिका रहेको छ । रासस