लगातार परेको अविरल वर्षाका कारण पानीको ट्यांकी भत्किदा उनापानीमा खानेपानी समस्या

लगातार परेको अविरल वर्षाका कारण पानीको ट्यांकी भत्किदा उनापानीमा खानेपानी समस्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमकोट, ९ जेठ । गतमंगलबार रातिदेखि लगातार परेको अविरल वर्षाका कारण पानीको ट्यांकी भत्किदा जिल्लाको सर्केगाड गाउँपालिका वडा २ उनापानीमा खानेपानी समस्या भएको छ ।

मुहानमा निर्माण गरीएको पानीको ट्यांकी अविरल वर्षाले भत्किएपछि उनापानीको लेख गाउँमा रहेको ७७ घरधुरीले एक घण्टाको पैदल हिडेर खानेपानीको जोहो गर्नुपर्ने बाध्यता रहेको छ । गाउँ नजिक भएको पानीको मुहान सुकेपछि अहिले एक घण्टाको पैदल हिडेर लेख वस्तिबाट औगमा रहेको गाउँमा पानी ल्याउन जानुपर्ने बाध्यता रहेको स्थानीयवासी गगन थापाले बताउनुभयो । ट्यांकी भत्किएपछि गाउँ वरपर नजिक कतै मुहान नभएकाले खानेपनीको लागी गाउँमै पुग्नुपर्ने बाध्यता रहेको उहाँले जानकारी दिनुभयो । सर्केगाड गाउँपालिका र ग्रामीण जलस्रोतको संयुतm सहयोगमा सो ट्याङ्की निर्माण भएको थियो रासस