गण्डकी प्रदेशका नवनियुक्त मन्त्री गुरुङद्वारा शपथ

गण्डकी प्रदेशका नवनियुक्त मन्त्री गुरुङद्वारा शपथ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी, ९ जेठ । गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकूदमन्त्री राजीव गुरुङले आज मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा उहाँलाई शपथ ग्रहण गराउनुभएको हो । प्रदेश प्रमुखको सरकारी निवासमा आयोजित शपथ ग्रहण समारोहमा उपसभामुख सिर्जना शर्मा, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य तथा सरकारी उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

गुरुङ यह िजेठ ५ गते बुधबार गराइएको शपथ ग्रहण समारोहमा काठमाडाँै भएका कारण उपस्थित हुनसक्नुभएको थिएन । नेकपा (एमाले)को समर्थनमा मनाङको प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित गुरुङ यसअघिको प्रदेश सरकारको पनि केही दिन युवा तथा खेलकूदमन्त्री हुनुभएको थियो । रासस