सङ्क्रमितद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग

सङ्क्रमितद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मार्तडी, १०जेठ । नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला अग्रपङ्क्तिमा रहेर जनतालाई सु–सूचित गराउँदै आएका जिल्लाका सञ्चार माध्यमका क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । नेपाल पत्रकार महासङ्घ बाजुराको समन्वय तथा पहलमा सामाजिक अभियान्ताको सहयोगमा सङ्क्रमितले पत्रकारहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

जिल्लाका सञ्चालित रेडियो, अनलाइन र पत्रिकामा कार्यरत पत्रकारलाई स्यानिटाइजर, माक्स, फेससिल्ड, पिपिई सेटलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको पत्रकार महासङ्घ बाजुराका अध्यक्ष छक्क मल्लले राससलाई बताउनुभयो । उहाँका अनुसार सामाजिक अभियान्ता हेमराज थापा, नेपाली काँग्रेस महिला नेत्रीद्धय विद्या तिमिल्सेना र राधा खड्का गिरीले ती स्वास्थ्य सामग्री सहयोग गर्नुभएको हो । रासस