काठमाडौं, १० जेठ । नेकपा एमालेले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीबाटै निष्काशित गरेको छ ।
आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पार्टी अनुशासनविपरित काम गरेको भन्दै कारबाहीको निर्णय गरेको हो । बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।
उनीहरुमाथि ९ जेठमा स्पष्टिकरण सोधिएपनि कुनै जवाफ प्राप्त भएको थिएन । जवाफ नआएपछि एमालेले उनीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।
प्रतिक्रिया