पूर्वमन्त्री पहाडीद्वारा डोल्पामा अक्सिजन कन्सन्ट्रेटरसहितका सामग्री सहयोग

पूर्वमन्त्री पहाडीद्वारा डोल्पामा अक्सिजन कन्सन्ट्रेटरसहितका सामग्री सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, ११ जेठ । पूर्वशान्तिमन्त्री सत्य पहाडीले डोल्पामा स्वास्थ्य सामग्री पठाउनुभएको छ । उहाँले गाडीमार्फत अक्सिजन उत्पादन गर्ने दुई अक्सिजन कन्सन्ट्रेटर, २०० एन्टिजेन किट, व्यक्तिगत सुरक्षा सामग्री, मास्क, स्यानिटाइजर, पाँचवटा अक्सिजन रेगुलेटर, १५ सिलिण्डर र औषधि पठाउनुभएको हो ।

अक्सिजन प्लान्ट खरिद गरेर डोल्पामा पुगे पनि प्राविधिक नहुँदा उक्त प्लान्ट सञ्चालनमा आउन सकेको छैन । अक्सिजन भर्न नेपालगञ्ज जानुपर्ने बाध्यतालाई हल गर्न कन्सन्ट्रेटर डोल्पामा पठाएको पहाडीले बताउनुभयो । अहिले अक्सिजन अभावकै कारण धेरै समस्या आएकाले यो सहयोगबाट राहत मिल्ने डोल्पाका पत्रकार बालकृष्ण डाँगीले बताउनुभयो । त्यस्तै चिकित्सकहरुबाट जोखिम भत्ता नपाएको गुनासो बढेपछि सो भत्ताका लागि पहल गर्नेसमेत उहाँले बताउनुभयो । रासस