समाचार सङ्कलन तथा सम्पादनमा खटिएका पत्रकारलाई खाद्यान्न वितरण

समाचार सङ्कलन तथा सम्पादनमा खटिएका पत्रकारलाई खाद्यान्न वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, १२ जेठ । प्रेस चौतारी रुपन्देहीले निषेधाज्ञामा पनि समाचार सङ्कलन तथा सम्पादनमा खटिएका पत्रकारलाई राहतस्वरुप चाम, दाल, नून, तेल, आटा लगायतका खाद्यान्न सामग्री प्रदान गरिएको जिल्ला संयोजक अमृत गिरीले जानकारी दिनुभयो । बुटवल, भैरहवा, मर्चवार, लुम्बिनी, देवदह, सैनामैना लगायतका क्षेत्रमा क्रियाशील चौतारीका सदस्यलाई घरमै पुगेर सामग्री दिइएको हो ।

“कोरोना महामारिका कारण लामो समयदेखि पारिश्रमिक नपाएका तथा आर्थिक अवस्था कमजोर भएका पत्रकारलाई घरमै पुगेर सामग्री वितरण गरेका छौँ”, संयोजक गिरीले भन्नुभयो । पहिलो चरणमा ५० सञ्चारकर्मीलाई राहत वितरण गरिएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष मोहन चापागाईको नेतृत्वमा राहात सामग्री सङ्कलन गरी जिल्लाका विभिन्न ठाउँमा पुगेर वितरण गरिएको थियो । सो अवसरमा चौतारीका केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज प्रदिप आचार्यले नागरिकलाई भयभित गराउने नभई सकारात्मक सन्देश दिने खालका समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । रासस