कोरोना भाइरसबाट नागरिक जोगाउन सहयोग जुटाउँदै डोल्पाली युवा

कोरोना भाइरसबाट नागरिक जोगाउन सहयोग जुटाउँदै डोल्पाली युवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोल्पा, १२ जेठ । विश्वभर महामारीको रुपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाइरसबाट डोल्पाली नागरिक जोगाउन स्थानीय युवाले सहयोग सङ्कलन अभियान शुरु गरेका छन् ।

जिल्लाको ठुलिभेरी नगरपालिका अन्तर्गत पर्ने जुफाल बस्ने बालकृष्ण डाँगी, मनराम ठकुल्ला, ज्ञानेन्दविक्रम शाहीले शुरुमा सामुहिक २५ हजार रकम जम्मा गरेर यो अभियान थाल्नुभएको हो । आधारभुत स्वास्थ्य सुविधामा पछि परेका दुर्गम डोल्पामा सङ्क्रमित नागरिक जोगाउन पूर्व तयारी स्वरुप हेल्पिङ् ह्याण्डमार्फत आर्थिक सहयोग जुटाउन अभियाननै चलाइएको हो । एकसाताबाट थालिएको यस अभियानमा विभिन्न व्यक्ति र संस्थाबाट दश लाख नगद रकम सङ्कलन भइसकेको अभियान्ता बालकृष्ण डाँगीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सङ्कलित रकममध्ये छ लाखबाट अक्सिजन सिलिण्डर, औषधि, मास्क, स्यानीटाइजर लगायतका सामग्री खरिद गरिएको छ । त्यसमा स्वास्थ्यकर्मीका लागि पनि आवश्यक सामग्री खरिद भएको र अवस्था हेरेर जिल्ला अस्पताल लगायतका आठवटै स्थानीय तहमा पठाउने योजना रहेको जनाइएको छ ।

सदरमुकाम दुनैमा पनि नागरिक सहायता कोष मार्फत दुई लाख रकम सङ्कलन गरिएको छ । नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढा, युवा समाजसेवी ओमेन्द्र केसी, पत्रकार टेकबहादुर शाही, समाजसेवी युवा योगेन्द्र बुढा लगायतले यो अभियान थाल्नुभएको हो ।
सङ्कलित रकम अत्यतै विपन्न नागरिकको उपचारमा खर्च गरिने नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले जानकारी दिनुभयो । कोषको सदरमुकाम दुनै स्थित सिटिजन्स बैंकमा रहेको खाता नं ०४२०१ ००००००४६३०१ मा रकम जम्मा गरि सहयोग गरिदिन अपिल समेत गरिएको छ । रासस