कोरोना सङ्क्रमित वडाध्यक्षको उपचारका क्रममा निधन

कोरोना सङ्क्रमित वडाध्यक्षको उपचारका क्रममा निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर, १३ जेठ । कोरोना भाइरस सङ्क्रमण भई उपचाररत हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको उपचारका क्रममा आज बिहान निधन भएको छ ।

दुई सातादेखि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत वडाध्यक्ष शिगूलाई आज बिहान चिकित्सकले मृत घोषित गरेको गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले पुष्टि गर्नुभयो । शवको व्यवस्थापन झापामै गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । “परिवारजन र झापा प्रशासनसँग समन्वय गरिरहेका छौँ”, अध्यक्ष लिङ्देनले भन्नुभयो, “झापामै शव व्यवस्थापन हुन्छ ।”

कोरोना भाइरसको सङ्क्रमण भएपछि वडाध्यक्ष शिगूलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । शरीरमा अक्सिजनको मात्रा बढ्न नसकेपछि लामो समय उहाँलाई बिएण्डसी अस्पतालको सघन उपचारकक्षमा राखी उपचार भइरहेकामा आज बिहान चिकित्सकले मृत घोषणा गरेका हुन् । रासस