मन्त्री आलेद्वारा मल्लको निधनप्रति दुःख व्यक्त

मन्त्री आलेद्वारा मल्लको निधनप्रति दुःख व्यक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ जेठ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशका पहिलो तथा पूर्वप्रदेश प्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज एक शोक विज्ञप्तिमार्फत पूर्व प्रदेश प्रमुख, समाजसेवी एवं बौद्धिक व्यक्ति मल्लको असामयिक निधनको खबरले दुःखी बनाएको उल्लेख गर्नुभएको छ ।

साथै मन्त्री आलेले मल्लप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनमा आफ्नातर्फबाट समवेदनासमेत प्रकट गर्नुभएको छ । पूर्वप्रदेश प्रमुख मल्लको काठमाडौँस्थित निदान अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पहिले राप्रपाको राजनीति गर्नुभएका मल्ल विसं २०७० को दोस्रो संविधानसभाअघि नेपाली कांग्रेस पार्टी प्रवेश गर्नुभएको थियो । विसं २०७४ माघ ३ गते प्रदेश प्रमुख नियुक्त हुनुभएका मल्लका एक छोरा र एक छोरी हुनुहुन्छ । रासस