पालद्वारा आफूले सभापतिको हैसियतले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता

पालद्वारा आफूले सभापतिको हैसियतले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ जेठ । तत्कालीन प्रतिनिधिसभा, महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले आफूले सभापतिको हैसियतले प्रयोग गर्दै आउनुभएको सवारी साधन आज फिर्ता गर्नुभएको छ ।

सङ्घीय संसद् सचिवालयले महिला तथा सामाजिक समिति सभापतिका हैसियतले उपलब्ध गराएको गाडी आज सकुशल सवारी शाखामा बुझाउनुभएको हो । निवर्तमान सांसद पालले रासससँग कुरा गर्दै भन्नुभयो, “प्रतिनिधिसभा विघटन भइसकेको छ, समिति सभापतिको हैसियतले मैले प्रयोग गर्दै आएको सवारी साधन आज फिर्ता गरेको छु ।” रासस