प्रहरीबाट भएको गैरव्यावसायिक व्यवहारको छानबिनका लागि समिति गठन

प्रहरीबाट भएको गैरव्यावसायिक व्यवहारको छानबिनका लागि समिति गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, १३ जेठ । वीरगञ्ज महानगरपालिकाको घण्टाघरस्थित चोकमा प्रहरीबाट भएको गैरव्यावसायिक व्यवहारको छानबिनका लागि प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाँईका संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।

समितिले वडा नं ८ स्थित घण्टाघर चोकमा पसल सञ्चालकसँग प्रहरीद्वारा गरिएको गैरव्यावसायिक व्यवहारको छानबिन र आवश्यक कारवाही गर्ने जनाइएको छ ।

प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा समितिले अनुसन्धान शुरू गरिसकेको र कोही प्रहरी दोषी देखिएमा प्रहरी नियमावलीबमोजिम कारवाही गरिने जनाइएको छ । रासस