खोप किन्न हेलम्बुले माग्यो स्वीकृति

खोप किन्न हेलम्बुले माग्यो स्वीकृति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, १४ जेठ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले कोभिड–१९ विरुद्धको खोप खरीदका लागि स्वास्थ्य तथा जनसङख्या मन्त्रालयसँग स्वीकृति मागेको छ । गाउँपालिकाले आफ्ना नागरिकका लागि ३० हजार डोज खोप आफैं खरीद गर्ने जनाउँदै मन्त्रालयसँग पत्राचार गरी स्वीकृति मागेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

गाउँपालिकाका नागरिकलाई १५ हजार डोज आवश्यक पर्नेछ । उक्त खोप दुईमात्रा लगाउँदा ३० हजार आवश्यकता पर्ने भएकाले उक्त डोज खोपको माग गरिएको अध्यक्ष शेर्पाले बताउनुभयो । रासस