चार महिनापछि बल्ल एचडियू श्यया सञ्चालनमा

चार महिनापछि बल्ल एचडियू श्यया सञ्चालनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ जेठ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सधैँ राजनीतिक विवादलाई अदालतको प्राङ्गणमा पुु¥याउने र त्यहाँको परेड खेल जस्तो दृश्यले लोकतान्त्रिक गणतन्त्रको राजनीतिक अभ्यास बिचरो बन्न पुगेको महसुस भएको बताउनुभएको छ ।

चौधौंँ गणतन्त्र दिवस (जेठ १५) का उपलक्ष्यमा दिनुभएको सन्देशमा उहाँले मुलुकलाई कोरोना महामारीले गाँजेका बेलामा सबै जुटेर नागरिकको जीवन सुरक्षित गर्ने विषयलाई सर्वाधिक प्राथमिकता बनाउन सुझाव दिनुभएको छ ।

सन्देशमा भनिएकोछ, “राजनीति आफैँमा समस्या नबनी जनजीविकाको समस्या समाधान गरी समृद्ध नेपालको परिकल्पना साकार पार्ने औजार बन्न सके मात्र गणतन्त्र दिवस मनाउनुको सार्थक सन्देश हुनेछ ।” पूर्वप्रधानन्यायाधीश रेग्मीले ब्हुदलीय शासन प्रणलीमा नागरिक सर्वोच्चताको व्यँवहारिक कार्यान्वयन र अभ्यासमा राजनीतिक दल र नेतृत्वको अहम् भूमिका अपेक्षित र महत्वपूर्ण हुने उल्लेख गर्नुभएको छ ।

उहाँले सन्देशमा भन्नुभएको छ, “राजनीतिक खिचातानी र कोभिडको महामारीले नेपाली जनजीवन उदेक लाग्दो चक्रव्यूह र कष्टकर जीवनयापन गर्न अभिशप्त रहँदै आएको छ । आर्यघाटको लासको चाङको दारुण दृश्य र चिताको चित्कारले के सन्देश दिइरहेछ ?”

पूर्वअध्यक्ष रेग्मीले गणतन्त्र दिवसका उपलक्ष्यमा सम्पूर्ण नेपालीमा समानता, समृद्धि र शान्तिपूर्ण जीवनका लागि शुभकामना पनि व्यक्त गर्नुभएको छ । गोरखा, १४ जेठ (रासस) ः

जिल्ला अस्पतालमा कोरोना सङ्क्रमितको उपचारार्थ ‘हाइ डिपेन्डेन्सी यूनिट’ (एचडियू) श्यया सञ्चालनमा आएको छ । चार महिना अघि नै सञ्चालनमा आइसक्नु पर्ने श्यया चर्को दबाब पछि बल्ल सञ्चालनमा ल्याइएको हो ।

सङ्क्रमित बिरामीको उपचारका लागि त्यस्ता श्ययाको अभाव हँुदै आएको छ । जडानका लागि ल्याइएको श्यया भने स्टोरमा थन्क्याइएर राखिएको थियो । अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भन्नुभयो “गण्डकी प्रदेश सरकारले अस्पताललाई चार महिना अघि नै सघन बिरामीको उपचारको लागि १ करोड १६ लाख रुपैयाँ बराबरको २८ एचडियू श्यया उपलब्ध गराएको थियो ।” भवनको अभावका कारण श्यया सञ्चालनमा ल्याउन नसकिएको र जिल्लाभित्र पनि सङ्क्रमणको दोस्रो लहरमा सङ्ंक्रमतिको संख्या अत्याधिक वृद्धि भएपछि अस्पतालले १३ श्यया सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।

अस्पतालका भवनमा गोरखा भुकम्पले क्षति पु¥याएपछि नयाँ भवन बन्न ढिलाइ भएका कारण प्रदेश सरकारले श्यया उपलब्ध गराएको भएपनि समयमा सञ्चालन गर्न नसकिएको उहाँको भनाई छ । “नयाँभवनबन्दै गरेको अबस्था छ, उहाँले भन्नुभयो, “अहिले अस्पतालको चमेना गृहका लागि तयार भएको भवनमा एचडियू वेड राखेर सञ्चालनगर्न शुरु गरिएको छ ।”उहाँले श्यया जडानका लागि प्राबिधिक आउन ढिलाइ भएकाले पनि केही समय लागेको , श्यया अस्पतालमा निर्माण गरिएको अक्सिजन पनि जोडनु पर्ने भएपछि प्लान्ट सञ्चालन गरी एकै पटक जडान र श्ययामा अक्सिजन समेत जडान गरिएको उहाँको भनाई छ । बिहीबार राति प्राबिधिक आएपछि रातभर लगाएर जडान सकिएको र आजबिहानदेखि श्यया सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । अस्पतालले जडान बाँकी नै नरहेको पनि जनाएको छ । रासस