सिजीले सुरु गर्यो नेपाल कै सबै भन्दा उच्च गतिको इन्टरनेट, १२० एमबिपिएस गतिको ‘सिजी नेट’ ९९९ रुपैया मै

सिजीले सुरु गर्यो नेपाल कै सबै भन्दा उच्च गतिको इन्टरनेट, १२० एमबिपिएस गतिको ‘सिजी नेट’ ९९९ रुपैया मै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ जेठ । सिजी कम्युनिकेसन प्रालीले आजदेखि काठमाडौंँ उपत्यकामा उच्च गतिको इन्टरनेट सेवा शुरुआत गरेको छ । यसबाट सार्वजनिक एवम् निजी क्षेत्रबाट प्रवाह हुने सेवाका गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ । हाल इन्टरनेट प्रदायक कम्पनीका तुलनामा सिजीको सेवा सस्तो रहेको दाबि समेत गरिएको छ ।

कम्पनीद्वारा आज यहाँ जारी विज्ञप्तिमा १२० एमबिपिएस गतिको ‘सिजी नेट’ रु ९९९ मा उपलब्ध हुने जनाइएको छ । कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सिजी नेट सेवाले उपभोक्ताका जीवनमा नयाँ अनुभव गराउने बताउनुभयो । कम्पनीले शुरुआती चरणमा इन्टरनेट सेवा शुरु गरेपनि चाँडैनै आइपिटिभी तथा अन्य सेवा ल्याउने तयारी भएको जनाएको छ ।

विज्ञप्तिमा शुरुआती चरणमा काठमाडौं उपत्यकाका तीनै जिल्लामा उपलब्ध हुने, तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनामा क्षेत्रमा जडान हुने र एकवर्षभित्र उपत्यकाका सबै क्षेत्रमा सेवा विस्तार हुने उल्लेख छ । रासस