ताप्लेजुङमा पौडी खेल्ने क्रममा बगेर युवकको मृत्यु

ताप्लेजुङमा पौडी खेल्ने क्रममा बगेर युवकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पौडी खेल्ने क्रममा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेका १९ वर्षीय दिनेश चौहानको मृत्यु भएको छ । काबेली खोलामा मङ्गलबार पौडी खेल्ने क्रममा बेपत्ता उनको शव आज बिहान ७ः०० बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बेपत्ता युवकको शव फेला परेका बताउनुभयो । मङ्गलबार पौडी खेल्ने क्रममा सिरिजङ्घा–२ आम्बेगुदिन र सिदिङ्वा–६ मेहेले जोड्ने काबेली खोलास्थित निर्माणाधीन पुल नजीकबाट दिनेश बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस