लगातारको बर्सातका कारण सडकसहित विद्यालयमा क्षति

लगातारको बर्सातका कारण सडकसहित विद्यालयमा क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी, १९ जेठ । केही दिनयतादेखि भइरहेको लगातारको बर्सातका कारण यहाँका विभिन्न स्थानमा क्षति पु¥याएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बर्सातका कारण पहिराले यहाँका विभिन्न ठाउँमा रहेका ग्रामीण सडक, कुलादेखि विद्यालयमा समेत क्षति पु¥याएका निवेदन दर्ता हुने क्रम बढेको छ । बर्सातका कारण यहाँका विपीनगर गड्सेरा, सायल, आदर्श, मुडभारा सडकमा चिरा पर्नाका साथै सडकसमेत भत्किएको बताइएको छ ।

समयमै मर्मतसम्भार नगरिए यहाँका गाउँमा सडकमा सवारी साधन चलाउन नसकिने अवस्थामा भएको गड्सेराका स्थानीयवासी लीलाधर विष्टले जानकारी दिनुभयो । यसै सिलसिलामा तीन÷चार दिनदेखिको लगातारको बर्सातले बडिकेदार गाउँपालिका–२ मा रहेको बर्छैन माविमा समेत लाखौँको क्षति पुगेको छ । बर्सातले पर्खाल भत्ँिकदा विद्यालयमा समेत क्षति पुगेको प्राचार्य इन्द्रबहादुर बमले बताउनुभयो । उहाँले भन्नुभयो, “बर्सातले पर्खाल भत्काएको छ, विद्यालय भवनमा समेत चिरा परेको छ, विद्यार्थीलाई पढाउन समस्या हुने स्थिति आएको छ ।” रासस