चिशङ्खुगढीमा रुखबाट लडेर युवाको मृत्यु

चिशङ्खुगढीमा रुखबाट लडेर युवाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जिल्लाको चिशङ्खुगढी गाउँपालिका—८ मा रुखबाट लडेर आज एक जनाको ज्यान गएको छ । घाँस झार्ने क्रममा पयँुको रुखबाट लडेर २७ वर्षिय एकबहादुर विश्वकर्माको मृत्यु भएको हो ।

घर नजिकै छिमेकीको खेतमा पयुँको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल रुम्जाटार ल्याउने क्रममा बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताउनुभयो ।