नीतिकार्यक्रम एक ढिक्का भएर पारित गराउने एमाले संसदीय दलको निर्णय

नीतिकार्यक्रम एक ढिक्का भएर पारित गराउने एमाले संसदीय दलको निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुम्बिनी प्रदेशसभा नेकपा(एमाले) संसदीय दलले सरकारको नीति तथा कार्यक्रम एक ढिक्का भएर पारित गराउने निर्णय गरेको छ । प्रदेशसभाको आजदेखि शुरु भएको आठौंँ अधिवेशनअघि दलको धारणा तय गर्न बसेको संसदीय दलको बैठकले विपक्षीको सामना गर्दै बजेट पारित गराउने निर्णय गरेको प्रमुख सचेतक भूमीश्वर ढकालले जानकारी दिनुभयो ।

बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले स्वास्थ्य सतर्कता अपनाएर प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिनुभएको थियो । बैठकमा सरकारविरुद्ध हुने असंवैधानिक क्रियाकलापविरुद्ध सबै सदस्य एकसाथ उभिन एकमत भएको प्रमुख सचेतक ढकालले बताउनुभयो ।