एम्बुलेन्स र ट्रक ठोक्किँदा एक जनाको मृत्यु

एम्बुलेन्स र ट्रक ठोक्किँदा एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २० जेठ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा एम्बुलेन्स र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा सर्लाहीको वाग्मती नगरपालिका–४ का ६६ वर्षीय जीतबहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । मृतक थिङको भरतपुरबाट कोरोना सङ्क्रमणको उपचारपछि डिस्चार्ज भई एम्बुलेन्समा घर फर्किने क्रममा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मृतक थिङ चढेको प्र१००५च ३६३८ नंको एम्बुलेन्सले सोही दिशाबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख ४३८० नंको ट्रकसँग ठक्किएर दुर्घटना भएको हो । एम्बुलेन्समा सवार अन्य तीन जना घाइते भएको र उनीहरुको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

वागमती प्रदेशमा पछिल्लो २४ घण्टामा २० को निधन

कोरोना सङ्क्रमणका कारण वाग्मती प्रदेशमा पछिल्लो २४ घण्टामा थप २० जनाको निधन भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणका कारण प्रदेशका १३ जिल्लामा नौ महिला र ११ पुरुष गरी कूल २० को निधन भएको छ ।

मन्त्रालयका अनुसार निधन हुनेमा काठमाडौँमा पाँच, ललितपुरमा चार, रामेछापमा तीन, काभ्रेमा दुई, घादिङ, नुवाकोट र भक्तपुरमा एक÷एक रहेका छन् । यससँगै वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुनेको सङ्ख्या दुई हजार ४४४ जना पुगेको छ । रासस