पर्सा,२१ जेष्ठ । खुल्ला सिमानको फाइदा उठाउँदै रातको अँध्यारोमा नेपालबाट भारततर्फ अ वैध रुपमा लैजाँदै गरेको रु १० लाखभन्दा बढी मूल्यको म दिरा प्रहरीले पर्साको नियन्त्रणमा लिएको छ । पर्साको छिपहरमाई गाउँपालिका—२ भिष्वा बन्जारीबाट ट्याक्टरमा राख्दै गरेको अवस्थामा उक्त मूल्य बराबरको ३०० कार्टुन म दिरा नियन्त्रणमा लिएको हो ।
नेपालबाट अ वैध रुपमा म दिरा भारततर्फ निकासी भइरहेको गोप्य सूचनाको आधारमा का रवाही गर्दा रु १० लाख ६० हजार मूल्यबराबरको ३०० कार्टुन म दिरा ब रामद भएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । उहाँले कोरोना सङ्क्रमण नियन्त्रण गर्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै भारततर्फ जाँदै गरेको ट्याक्टरलाई रोकी जाँच गर्दा उक्त परिमाणको मदिरा ब रामद भएको र ट्याक्टर चालक फरार भएको बताउनुभयो । फरार रहेका ट्याक्टर चालकको खोजतलास भइरहेको र ब रामद भएको मदिर तथा वाहनलाई आवश्यक का रवाहीका लागि आज वीरगन्ज भन्सार कार्यालयमा पठाएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया