काठमाडौं, २१ जेठ । राजेन्द्र महतोको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षका ८ मन्त्री र २ राज्यमन्त्री बन्ने पक्का भएको छ । महतो उपप्रधानसहित शहरी मन्त्री बनेका छन् ।
आजै साँझ मन्त्रीहरुले पद तथा गोपनियताको सपथ खाँदैछन् । सरकारमा लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, शरदसिंह भण्डारी, अनिल झा, उमाशंकर अरगरिया, विमलप्रसाद श्रीवास्तव, एकवाल मियाँ रहेका छन् । त्यस्तै, राज्यमन्त्रीमा चन्द्रकान्त चौधरी र रेणुका गुरुङ रहेका छन् ।
रेशम चौधरी लगायतको मुद्दा फिर्ता लिने र अन्य मुद्दामा समझदारी भएसंगै महन्थ ठाकुर पक्ष सरकारमा गएका हुन् ।
प्रतिक्रिया