एमाले प्रतिपक्ष भएको भन्दै अलग्गै सिटको व्यवस्था गर्न माग

एमाले प्रतिपक्ष भएको भन्दै अलग्गै सिटको व्यवस्था गर्न माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजदेखि शुरु भएको सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशनका क्रममा नेकपा एमालेका प्रदेशसभा सदस्य पठानसिंह बोहराले आफूहरु प्रतिपक्ष भएकाले र आफूहरुका लागि अलग्गै सिटको व्यवस्था हुनुपर्ने माग गर्नुभएको छ ।

सभामुख अर्जुन थापाले बैठक प्रारम्भ भएको घोषणा गर्नुभए लगत्तै सदस्य बोहराले आफ्नो सिटबाट उठेर एमाले स्थायी कमिटीको बैठकले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको प्रदेशसभालाई समेत जानकारी गराइसकेको अवस्थामा अलग्गै सिटको व्यवस्थापन नभएकामा आपत्ती जनाउनुभएको थियो । उहाँले समर्थन फिर्ता लिइसकेको अवस्थामा एमाले अब प्रतिपक्ष भइसकेको र समर्थन फिर्तापछि सरकार अल्पमत परेकाले मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभयो ।