कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन आह्वान

कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन आह्वान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन आह्वान भएको छ । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले यही जेठ २४ गतेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको हो ।

नेपालको संविधान २०७२ को धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख कलौनीले २४ गते दिउँसो २ः०० बजे बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको छ । बिहीबार बसेको सर्वदलीय बैठकमा प्रतिपक्षी दल नेकपा एमालेलगायतका दलहरुले सरकारले असार १ गते ल्याउने बजेट ल्याउनु १५ दिनअघि प्रि–बजेटको सैद्धान्तिक तथा प्राथमिकताका बारेमा छलफल नगरेको भन्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई अधिवेशन बोलाउन आग्रह गरेका थिए ।

उनीहरुले प्रदेश सरकारले नीति तथा कार्यक्रम (बजेट अधिवेशन) नगरी एकैचोटि बजेट ल्याउन लागेको आरोप लगाएका थिए । आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि कर्णाली सरकारले करिब रु ३३ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले जानकारी दिनुभएको छ ।