हावाहुरी पीडितलाई जस्तापाता वितरण

हावाहुरी पीडितलाई जस्तापाता वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चौदण्डीगढी नगरपालिकाका झण्डै ४५ घर हावाहुरी पीडित परिवारलाई जस्ता पाताहरु वितरण गरिएको छ । नगरको वडा नम्बर २, ३ र ४ का हावाहुरी पीडितलाई झण्डै २५० बण्डल जस्तापाता वितरण गरिएको चौदण्डीगढी नगरपालिकाले जनाएको छ ।

गत वैशाखको तेस्रो हप्ता आएको हावाहुरीले नगरको वडा नम्बर २, ३ र ४ का जनताको घरको छानो उडाएपछि विचल्लीमा परेका जनताको लागि नगरपालकाले झण्डै १८ लाखभन्दा बढीको जस्तापाता खरीद गरेर हालै सम्बन्धित पीडित जनतालाई वितरण गरेको नगर प्रमुख खगेन्द्र राईले बताउनुभयो । अब सबै जनताले प्रत्येक घरमा एक दर्जनदेखि डेढ दर्जनसम्मका दरले जस्तापाता प्राप्त गरेको कारण छानो मर्मत गरेर घरमा बस्न सक्ने नगरपालिकाले बताएको छ ।