उपप्रधानमन्त्रीको बहुराष्ट्रिय राज्यको विचारप्रति प्रधानमन्त्रीको धारणा माग

उपप्रधानमन्त्रीको बहुराष्ट्रिय राज्यको विचारप्रति प्रधानमन्त्रीको धारणा माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्वनेता खनाल–नेपाल समूहले राष्ट्रियताका सन्दर्भमा नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेको छ ।

उक्त समूहले उपप्रधानमन्त्रीबाटै राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिने काम भएको र त्यो निन्दनीय भएको जनाएको छ । संविधानसभा र जनताबाट अस्वीकृत बहुराष्ट्रिय राज्यको विचार नेपालको संविधानको विपरीत रहेको जनाउँदै समूहले सो अभिव्यक्तिबारे प्रधानमन्त्रीको धारणासमेत माग गरेको छ ।