युलेस सिटी काउन्सिल मेम्बरमा पौडेल विजयी

युलेस सिटी काउन्सिल मेम्बरमा पौडेल विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सास, २३ जेठ । अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न मतगणनामा प्रतिद्वन्द्वी एरिक बन्सलाई हराउँदै पौडेल दुई वर्षका लागि सिटीको मेम्बर निर्वाचित हुनुभएको हो ।

चितवनका बासिन्दा रहनुभएका पौडेलले आफ्नो विजयले सबै नेपालीको जीत भएको बताउनुभयो । नेपालमा रहँदा पौडेल प्राध्यापन पेशामा संलग्न हुनुहुन्थ्यो । गत मे १ मा पहिलो चरणको निर्वाचन भएको थियो । यो निर्वाचनमा कुनै पनि उम्मेदवारले विजय हुनका लागि आवश्यक ५० प्रतिशत मत पाउन नसकेपछि पहिलो चरणमा बढी मत ल्याउने उम्मेदवारबीच ‘रनअफ राउन्ड’मा चुनाव भएको थियो । रासस