बेपत्ता सुनमाया जंगलमा झु’ण्डिएको अवस्थामा फेला

बेपत्ता सुनमाया जंगलमा झु’ण्डिएको अवस्थामा फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गत बुधबारदेखि बेपत्ता भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथली सौडोलकी ३९ वर्षीया सुनमाया न्हेम्हाफुको काभ्रेको नालाको जंगलमा झु’ण्डिएको अवस्थामा शव फेला परेको छ ।

घर नजिकैको खेतमा रोपाई गरी घर फर्केपछि खाना खाएर बाहिर निस्केकी उनी सम्पर्कबिहीन भएकी थिइन् । घरमा कुनै समस्या र झगडा भने नभइएको नभए पनि केही महिनादेखि डिप्रेशनको औषधि खाइरहेकी उनी हराएको केही बेरपछि परिवारले खोजी गरेका थिए । परिवारले चार दिनसम्म भक्तपुर र काभ्रेको विभिन्न ठाउँ र आफन्तकोमा खोज्दा पनि भेटिएको थिएन ।

उनको शव आज पोष्ट मार्टम गरी परिवारलाई बुझाएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।