दुवै आँखा नदेख्ने नाबालकका परिवारको अपिल : नयाँ जीवन पाउने आशामा सहयोगको अपेक्षा

दुवै आँखा नदेख्ने नाबालकका परिवारको अपिल : नयाँ जीवन पाउने आशामा सहयोगको अपेक्षा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, २४ जेठ । दुवै आँखा देख्न नसक्ने भएर पीडित बनेका कालिञ्चोक गाउँपालिका–६ धराम्थाली निवासी १० वर्षीय दीपक थामीले नयाँ जीवन पाउने आशामा सहयोगको अपेक्षा गरेका छन् ।

दुवै आँखा रातमा मात्र अलि अलि देख्ने र दिनमा नदेख्ने हँुदा उनी अहिले जीवनमरणको दोसाँधमा बाँचिरहेका कारण उपचारका लागि सहयोग गरेर नयाँ जीवन दिलाई दिन बाबु डिल्ली थामीले अपिल गर्नुभएको छ । बुबा डिल्लीकुमार र आमा कल्पनाको कोखबाट जन्म लिएका दीपक सानो उमेरमा नै सधैँ अन्धकार दिनसँग लडिरहेको छन् ।

पछिल्लो समय उनले आँखा देख्न कठिन भएपछि अस्पतालमा जाँच गर्न पुग्दा चिकित्सकले दुवै आँखाको उपचारपछि मात्र देख्न सक्ने सल्लाह दिएको तर धेरै खर्च लाग्छ भनेपछि सहयोगको अपिल गरेको बताइएको छ ।

दुवै आँखा उपचारलाई रु आठ लाखसम्म आर्थिकको जोहो गर्न चिकित्सकले भनेको बाबु डिल्लीकुमारले बताउनुभयो । उहाँले छोराको उपचारका लागि सहयोग गर्न सार्वजनिक रुपमा आग्रह गर्नुभएको छ । दीपकको नाममा रहेको सिद्धार्थ बैंकको खाता नं ०३६१४०००९०४ मा रकम जम्मा गर्न सकिने बताइएको छ । रासस