विपक्षी गठनबन्धनका नेताहरु देउवा प्रचण्ड र नेपालबीच भेटवार्ता

विपक्षी गठनबन्धनका नेताहरु देउवा प्रचण्ड र नेपालबीच भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले० का पूर्वनेता माधवकुमार नेपालबीच पछिल्लो राजनीतिक विषयमा छलफल भएको छ ।

सभापति देउवा निवास बूढानीलकण्ठमा आज भएको भेटवार्तामा उहाँहरुबीच प्रदेश नं २ र सुदूरपश्चिम प्रदेश सरकार पुनःगठनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । पछिल्लो समय विपक्षी दलको गठबन्धनले केन्द्र र प्रदेशमा आफ्नो सरकार गठनका लागि विभिन्न गृहकार्य गर्दै आएको छ ।