गएराति उदयपुरमा रहेको नोविल बैंकको एटिएम मेशिन बक्स फुटाउने एक जना पक्राउ

गएराति उदयपुरमा रहेको नोविल बैंकको एटिएम मेशिन बक्स फुटाउने एक जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, २५ जेठ । गएराति उदयपुरको सदरमुकाम गाइघाट बजारमा रहेको नोविल बैंकको एटिएम मेशिन बक्स फुटाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार गएराति एक युवकले बैंकभित्र प्रवेश गरेर एटिएम मेशिनमा हम्बरले हानेर फुटाउने क्रममा बैंकका गार्डले थाहा पाएपछि मेनेजरलाई खबर गरेका थिए ।

मेनेजरले तत्काल प्रहरीमा खबर गरेपछी प्रहरी आइपुग्दा उक्त युवा भागेर बजारतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले घेरा हालेर पक्राउ गरेको जिल्लाका प्रहरी प्रमुख भीमप्रसाद दाहालले जानकारी दिनुभयो । पक्राउ गरिएका युवा भारत घर बताउने गरेको र उदयपुरको गाइघाट बजारकै एक फर्नीचर उद्योगमा काम गर्ने २१ वर्षीय युवा भएको प्रहरीले बताएको छ । पक्राउ गरिएका युवाले बैंकको एटिएम फोरेर कति रकम लगे र त्यसमा को–को सङ्लग्न थिए भनेर प्रहरीले पक्राउ गरिएका युवालाई अनुसन्धान शुरु गरेको छ । रासस