चोरीको आरोपमा तीन पक्राउ

चोरीको आरोपमा तीन पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पसलको ताला फुटाई चोरी गर्ने सप्तरीका तीन आरोपितलाई प्रहरीले आज पक्राउ गरेको छ । पसलमा जडित सिसी क्यामेराको फुटेजसमेतको आधारमा सप्तरीको विष्णुपुर गाउँपालिका–५ का महेशकुमार यादव, वडा नम्बर–१ का २१ वर्षीय रामदास यादव र राजविराज नगरपालिका–६ का १९ वर्षीय सुभाष यादव पक्राउ परेको सप्तरी प्रहरीले जनाएको छ ।

सिसी क्यामेराबाट महेशको पहिचान भएपछि उनलाई घरबाटै पक्राउ गरी सोधपुछ गर्दा रामदास र सुभाष समेत चोरीमा संलग्न रहेको पत्ता लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

गत आइतबार राजविराज–४ स्थित बजारमा रहेको राधेश्यामकुमार साहको मोवाइल पसलबाट मोबाइलहरु चोरी भएको थियो । बजारका दिलिप यादवको घरमा पसलसटर भाँडामा लिई साहले सञ्चालन गरेको मोबाइल पसलबाट विभिन्न कम्पनीका मोबाइल चोरी गरेको आरोपितहरुले स्विकारेको प्रहरीले जनाएको छ ।
सुभाषको घर खानतलासी गर्दा चोरीका १० थान मोबाइल समेत फेला परेको प्रनाउ काफ्लेले बताउनुभयो । प्रहरीका अनुसार रामदासले चलाउने सिटी रिक्सामा चढेर गएका उनीहरुले पसलको सटरको ताला फुटाई मोबाइलहरु चोरी गरेका थिए । सोही सिटी रिक्सामा राखेर ल्याएको मोबाइल सुभाषको कोठामा रहेको खाट मुनी लुकाएर राखेका थिए ।

प्रहरीले मोबाइलहरुसहित चोरीमा प्रयोग भएको सिटी रिक्सा समेत बरामद गरेको छ । चोरी मुद्दा कसुरमा उजुरी दर्ता गरी अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । रासस